सिटिजन्स बैंकका कार्डबाहकले गुरु ट्राभल्समा छुट पाउने

काठमाडौँ — सिटिजन्स बैंकका कार्डबाहकले गुरु ट्राभल्समार्फत अन्तर्राष्ट्रिय भ्रमण प्याकेज लिँदा छुट पाउने भएका छन् । कार्डबाहकले भ्रमण प्याकेजमा १० हजार रुपैयाँसम्मको छुट पाउने बैंकले जनाएको छ ।

त्यस्तै गुरु ट्राभल्सको सिफारिसमा डलर/ट्राभल्स कार्ड बनाउन आउने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने भएको छ । यो सहकार्यबाट डिजिटल कारोबारलाई प्रोत्साहन मिल्ने बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । बैंकका देशभर १८८ वटा शाखा, १४८ वटा एटीएम सञ्चालनमा छन् ।