कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ग्लोबल आईएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी 

आश्विन २, २०८०
ग्लोबल आईएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी 

काठमाडौँ — ग्लोबल आईएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई असोज १ गतेदेखि लागू हुनेगरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आईएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसँग बैंकिङ क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव छ ।

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् । ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरीवेक्षण तहमा उनले काम गरिसकेका छन् ।


प्रकाशित : आश्विन २, २०८० १९:१७
×