भाइबरसँग जोडिए सस्तो टिकट्स, बस सेवा र सेफ नेपाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — राकुटेन भाइबरसँग सस्तो टिकट्स, बस सेवा र सेफ नेपाल जोडिएका छन् । प्रयोगकर्ताहरूले विश्वव्यापी रुपमा वान–टू–वान भिडियो कल, ग्रुप मेसेजिङलगायत सेवा उपलब्ध गराउँदै आएको भाइबर एपबाट नेपालमा अब सस्तो टिकट्स, बस सेवा र सेफ नेपालका सेवा लिन पाइने भएको हो ।

भाइबरसँग जोडिए सस्तो टिकट्स, बस सेवा र सेफ नेपाल 

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा यसबारे जानकारी दिइयो । ‘सस्तो टिकट्सको इन–एप बुकिङले हाम्रो नेपाल यात्रा अझ सुविधाजनक बन्दै छ,’ भाइबरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चाडपर्वको मौसम सुरु भएका बेला बस सेवा जोडिँदा यसले सर्वसाधारणले सजिलै ई–प्लेटफममार्फत नेपालभित्रै विभिन्न ठाउँमा जाने सवारी र नेपालबाट दिल्ली–बनारससम्मका गाडीको बुकिङ गर्न सक्ने पनि भाइबरले बताएको छ ।

भाइबरको सस्तो टिकट्स च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा सहज बनेको पनि विज्ञप्तिमा जनाइएको छ । यसमा बम्पर अफरअन्तर्गत उडान र आवासको पूर्ण सुविधासहित दुई जनाका लागि थाइल्यान्ड यात्रा गर्न पाउने सुविधा पनि रहेको भाइबरले जनाएको छ ।


प्रकाशित : आश्विन २, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्