होण्डाको एलिभेट गाडी किन्दा ७५ हजार छुटसहितका अफर 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा होण्डा गाडीको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले एलिभेट गाडी खरिद गर्नेलाई नगद ७५ हजार छुटसहितको अफर ल्याएको छ ।

होण्डाको एलिभेट गाडी किन्दा ७५ हजार छुटसहितका अफर 

होण्डाले पहिलो १० ग्राहकका लागि ७५ हजार छुटका साथै थप नगद छुट प्रदान गर्ने जनाएको छ । कम्पनीले हालै एक कार्यक्रमका बीच यो नयाँ गाडी सार्वजनिक गरेको हो । ‘एलिभेटमा यसको विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरूद्वारा हाइलाइट गरिएको डिजाइन छ, जसले गर्दा यो सडकमा फरक देखिन्छ’ स्याकरले एक विज्ञप्तिमार्फत भनेको छ । २२० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने एलिभेट नेपालजस्तै विविध भूभागको सामना गर्न डिजाइन गरिएको कम्पनीको दाबी छ । १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध एलिभेटको मूल्य ५६ लाख ३५ हजार रुपैयाँदेखि सुरु हुन्छ ।


प्रकाशित : आश्विन २, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्