जीडब्लूएमका गाडी किन्दा ग्लोबल आईएमईबाट सहज कर्जा पाइने


काठमाडौँ — ग्लोबल आईएमई बैंक र जीडब्लूएमको आधिकारिक वितरक भीजी इम्पेक्सबीच व्यवसायिक सहकार्य भएको छ । जीडब्लूएमका विद्युतीय तथा इन्धनमा आधारित गाडी किन्ने ग्राहकलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्नेगरी सम्झौता भएको हो ।


सम्झौताअनुसार बैंकले भीजी इम्पेक्स र उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित हृयाभल ब्राण्डका एसयूभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्नेले सहुलियत रुपमा कर्जा पाउने छन् ।
सम्पूर्ण कागजात तथा अन्य विवरणसहित प्रक्रिया पूरा गरेर निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठहर्याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजीका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरे । ७७ वटै जिल्लामा बैंकका हाल ३५० शाखा, ३६९ एटीएम सञ्चालनमा छन् ।