कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबीच सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबीच व्यावसायिक सहकार्य भएको छ । घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र बैंकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपानेले सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबीच सहकार्य

दुवै पक्षबीच भएको सम्झौताअनुसार बैंकले घरघरमा डाक्टरका ग्राहकको ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमासहित बैंक खाता खोली कारोबारमा सहजता कायम गर्नेछ । घरघरमा डाक्टर प्रालिका देशभर रहेका सेवाग्राही, कर्मचारीको तलव बचत खाता लगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोबार समेत बैंकले गर्नेगरी सम्झौता भएको न्यौपानेले जानकारी दिए । प्रालिका कर्मचारीका लागि बैंकले विनाधितो कर्जा दिनेछ भने तलव खातामा पनि बैंकले विभिन्न सेवामा छुट प्रदान गर्नेछ ।


प्रकाशित : आश्विन २, २०८० १६:१३
प्रतिक्रिया
पठाउनुहोस्