सामसङको अफर ‘मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नजिकिँदो दसैंका अवसरमा सामसङले ग्राहक प्रवर्द्धन योजना ‘मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर ल्याएको छ । यसअन्तर्गत सामसङको मोबाइल वा ट्याब्लेट खरिद गर्दा ग्राहकले हरेक दिन उपहार स्वरुप २ लाख ३३ हजार ९ सय रुपैयाँ मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । 

सामसङको अफर ‘मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ 

‘जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्ने पक्का छ’ सामसङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जोकोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नेछन् ।’

शनिबार बाहेक हरेक दिन स्कुटर प्रदान गरिने कम्पनीले जनाएको छ । ‘शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी हुने ग्राहकको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार यो योजना असोज ५ गते सुरु भएर कात्तिक ३ गतेसम्म कायम रहनेछ । यद्यपि ग्राहक असोज २ गतेदेखि नै योजनामा सहभागी बन्न सक्ने र ५ गतेसम्म प्राप्त नामावलीलाई ५ गते हुने लक्की ड्रमा समावेश गरिने सामसङले जनाएको छ । कम्पनीका अनुसार लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ । सामसङले स्मार्टफोन वा ट्याब्लेट खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमै फाइनान्स सुविधा पनि रहेको जनाएको छ ।

प्रकाशित : आश्विन १, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्