भद्रकालीस्थित पेट्रोल पम्पमा हिमालयन बैंकको भुक्तानी काउन्टर


काठमाडौँ — हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्प परिसरमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।


बुधबारदेखि सो स्थानमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा आएको बैंकले जनाएको छ । ‘रिपुमर्दिनी पेट्रोल स्टेसनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपालपे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटीएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन्’ हिमालयन बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस म्यासेज तथा एसएमएसमाफर्mत क्रेता तथा बित्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् ।’