सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकका ग्राहकले डिजिटल बैंकिङका माध्यमबाट पुरानोबानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलमा भुक्तानी गर्दा छुट पाउने भएका छन् ।

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

सो हस्पिटलको सेवा लिएवापत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट पाउने छन् । बैंकका अनुसार ग्राहकले ओपीडी/आईपीडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिको मूल्यमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट पाउन सक्नेछन् । सातै प्रदेशमा बैंकका १३२ वटा शाखा कार्याल तथा १२३ वटा एटीएम सञ्चालनमा छन् ।


प्रकाशित : आश्विन १, २०८० १४:५७
प्रतिक्रिया
पठाउनुहोस्