दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी


काठमाडौँ — केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यसहित केएफसीको दरबारमार्गस्थित स्टोर पुनः सञ्चालनमा आएको हो ।


दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्रान्डको प्रवेश भएको थियो । यसैबीच केएफसी नेपालले बहुप्रतीक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभर आफ्ना स्टोरमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्ष्य गर्दै पुनः डबल डाउन बर्गर ग्राहकसमक्ष पुर्याउने निर्णय केएफसीले गरेको हो ।