सोलुखुम्बु जिल्लाको नाम्चेमा खुल्यो नबिल बैंकको शाखा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले २६५ औं शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा सञ्चालनमा ल्याएको छ । बैंकिङ पहुँच विस्तारका लागि दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिअनुप नाम्चेमा शाखा विस्तार गरिएका बैंकले जनाएको छ ।

सोलुखुम्बु जिल्लाको नाम्चेमा खुल्यो नबिल बैंकको शाखा 

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्ववडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभइ समुदायस्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए । ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उनले भने ।

पूर्व वडाध्यक्ष शेर्पाले स्थानीयस्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।


प्रकाशित : आश्विन १, २०८० १२:३४
प्रतिक्रिया
पठाउनुहोस्