फुडमान्डुमा ५ सयभन्दा कम रकमको अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — फुड डेलिभरी कम्पनी फुडमान्डुबाट अब ५ सयभन्दा कम रकमको खाना, खाजा अर्डर गर्न मिल्ने भएको छ । यसअघिसम्म कायम न्यूनतम ५ सय रुपैयाँको अर्डर लिनुपर्ने नीति हटाइएको कम्पनीले जनाएको छ । फुडमान्डुले छोटो दूरीमा हुने डेलिभरी शुल्क पनि घटाएको छ ।

फुडमान्डुमा ५ सयभन्दा कम रकमको अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क घट्यो

अब ग्राहकले ५ सयभन्दा कम रकमको अर्डर गर्दा न्यूनतम शुल्क २५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । ‘ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै नीति परिवर्तन गरिएको हो, अब ग्राहकले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन्’ फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने ।

हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीका लागि ५० रुपैयाँ न्यूनतम शुल्क तिर्नुपर्ने व्यवस्था रहेकोमा परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दूरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दूरीका लागि प्रतिकिलोमिटर २५ रुपैयाँका दरले तिर्नुपर्ने हुन्छ । यद्यपि १ हजारभन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दूरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ ।


प्रकाशित : आश्विन १, २०८० १२:२५
प्रतिक्रिया
पठाउनुहोस्