संगीतसँग जोडिन रुस्लानले खोल्यो ‘रुस्लान स्टुडियो’ 

भाद्र ७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — रुस्लानले बुधबार रुस्लान स्टुडियो प्लाटफर्मको सुरुवात गरेको छ । यो प्लाटफर्ममार्फत गीतसंगीतका लागि लाइभ स्टुडियो, रेकर्ड सेटिङ तथा संगीतका विभिन्न विधाहरु प्रस्तुत हुनेछ । यी संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ । 

नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरुले स्टुडियोमा प्रस्तुति दिने कम्पनीले जनाएको छ ।  ‘रुस्लान स्टुडियोको मुख्य उद्देश्य यसअघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाक परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता प्रस्तुत गर्नु हो, जसबाट २५ भन्दा बढी ट्रयाकमा रमाउन सकिने छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसिल, मनिष गन्धर्ब, दिवस गुरूङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, ए एस एम हरुको प्रस्तुति हुने जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिजका ब्राण्ड म्यानेजर श्रयकृष्ण श्रेष्ठले बताए । 

कान्तिपुर

Link copied successfully