१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख दिने

काठमाडौँ — कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख दिने

नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यस्वरुप काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानले बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेको छ । सो अस्पताल निर्माणका लागि कुमारी बैंकले उक्त सहयोग प्रदान गर्ने भएको हो ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले उक्त रकम सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विगत २२ वर्ष देखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका देशभर ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम संचालनमा छन् ।

प्रकाशित : जेष्ठ २६, २०८० १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?