मेटलाइफको बिमा शुल्क भुक्तानीका लागि 'डिजिटल स्टान्डिङ इन्स्ट्रक्सन'


काठमाडौँ — मेटलाइफ नेपालले बिमा शुल्क संकलनका लागि क्लियरिङ हाउस र स्टान्डर्ड चार्टड बैंकसँगको सहकार्यमा डिजिटल स्टान्डिङ इन्स्ट्रक्सन (ई म्यान्डेट) सुविधा ल्याएको छ ।


क्लियरिङ हाउसको राष्ट्रिय भुक्तानी इन्टरफेससँग आफ्नो प्रणालीलाई एकीकृत गरी कम्पनीले यो सेवा संचालनमा ल्याएको हो । यस व्यवस्थासँगै, मेटलाइफ नेपालका ग्राहकले आफ्नो बीमा शुल्क भुक्तानीको लागि डिजिटल स्ट्यान्डिङ निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘यस सुविधाको सदस्यता लिएर ग्राहकले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पूरा हुनेछ ।’
प्रकाशित : जेष्ठ २५, २०८० १७:५६