इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट ग्लोबल आईएमई बैंक सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङको कार्यान्वयनपछि ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट ग्लोबल आईएमई बैंक सम्मानित

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सिर्जनशीलता जस्ता विषयलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको बैंकले जनाएको छ । सबै जिल्लामा ग्लोबल आईएमई बैंकका कुल ३५७ शाखा कार्यालय संचालनमा छन् । त्यस्तै ३५७ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा संचालनमा छन् ।


प्रकाशित : जेष्ठ २५, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्