१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको क्यान्सर जाँच 

काठमाडौँ — सिद्धार्थ  बैंकको सहयोगमा जेठ २० गते शनिबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन भएको छ ।

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको क्यान्सर जाँच 

उक्त कार्यक्रम सिद्धार्थ बैंक, नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा संचालन गरिएको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो । विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको बैंकले प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ । बैंकका देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ११९ शाखा रहित बैंकिङ्ग सेवा, २२० एटीएम सेवा सञ्चालनमा छन् ।


प्रकाशित : जेष्ठ २५, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?