पीसीआई एसएससीको सल्लाहकार समितिमा चुनियो नेप्स


काठमाडौँ — कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धी मापदण्डको क्रमविकासलाई व्यवस्थित गर्न स्थापित अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था ‘पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्टान्डर्डस् काउन्सिल (पीसीआई–एसएससी) को सल्लाहकार समितिमा नेप्स चुनिएको छ ।


सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरुले कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धी मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै मापदण्डलाई समयसापेक्ष बनाउन नेतृत्व गर्ने नेप्सका सीईओ सन्जिव सुब्बाले जानकारी दिए ।
सल्लाहकार समितिको सन् २०२३–२५ कार्यकाललाई २० सिटको लागि ६४ मनोनयन दर्ता भएको थियो । २०२३ मार्च १३ देखि २४ सम्म भएको चुनावको जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको हो । मनोनित भएसँगै, नेप्सले अमेजोन, एप्पल, बैंक अफ अमेरिका, युरोपियन पेमेन्ट काउन्सिल, माइक्रोसफ्टजस्ता अन्तर्राष्ट्रिय ख्यातीप्राप्त संस्थाहरुसाग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान प्रदान गर्नेछ । ‘यसले नेप्स नयाँ उचाइतर्फ बढिरहेको संकेत गर्दछ । साथै पीसीआई एसएससीको लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर छ’ सीईओ सुब्बाले भने ।
