युनिलिभरको सहकार्यमा हिमाली चुचुराबाट ३५ टन फोहोर संकलन


काठमाडौँ — नेपाली सेनाको नेतृत्व तथा युनिलिभर नेपालको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५ हजार किलो फोहोर संकलन गरिएको छ । हालै सम्पन्न ‘सफा हिमाल अभियान २०२३’ मार्फत हिमालहरुबाट प्लास्टिक तथा फोहोर हटाउने लक्ष्य राखिएको थियो ।


यस अभियान मार्फत हिमालहरुबाट ३५ हजार ७०८ केजी फोहोर संकलन भएको नेपाली सेनाले जनाएको छ । स्थानीयबासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट अभियान सुरु भएको थियो । अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो फोहोर संकलन भएको छ भने अन्नपूर्णबाट ३ हजार ५६७ किलो र बरुञ्चेबाट १८ हजार ५२० किलो फोहोर संकलन भएको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपालको वातावरणीय क्षेत्रमा सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए ।
प्रकाशित : जेष्ठ २३, २०८० १८:४०