कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाल- हङकङ उडानमा क्याथे प्यासिफिकले ३४० वटा टिकट नि:शुल्क दिने

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले प्रायोजन गरेको ‘विजेताहरुको संसार’ टिकट जेठ १४ गतेसम्म खुल्ने 

काठमाडौँ — विश्वभरका ५ लाख आगन्तुकलाई निःशुल्क टिकट उपलब्ध गराउने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले प्रायोजन गरेको ‘विजेताहरुको संसार’ टिकट अभियानमा नेपालका ३४० जनाले अवसर पाउने भएका छन् । नेपालका लागि क्याथे प्यासिफिकले हङकङ जान र आउन ३४० वटा टिकट उपलब्ध गराउनेछ । 

नेपाल- हङकङ उडानमा क्याथे प्यासिफिकले ३४० वटा टिकट नि:शुल्क दिने

पर्यटकलाई सहरमा स्वागत गर्न हङकङ पर्यटन बोर्डले चलाएको ‘हेल्लो हङकङ’ अभियानको सहयोगको लागि यो अभियान संचालन गरिएको हो । क्याथे प्यासिफिकले काठमाडौं–हङकङ रुटमा उडानहरु थप गरेको छ । यात्रुहरुलाई सिधै हङकङमा पहुँच दिन र सोभन्दा परका संयुक्त राज्य अमेरिका, चीन, क्यानडा, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाका अन्य गन्तव्यलाई विना अवरोध जोड्न वायुसेवाले आगामी भदौको मध्येबाट प्रत्येक हप्ताको मंगलबार एउटा थप उडान संचालन गर्नेछ ।

क्याथे प्यासिफिकका अनुसार यो अभियानमा भाग लिन सहभागीहरु क्याथेको सदस्य हुनुपर्छ । ‘निःशुल्क सदस्यताको लागि क्याथे प्यासिफिकको वेबसाइटमा गई साइनअप गर्नपर्नेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अभियानको अवधिमा सदस्यहरुले क्याथे प्यासिफिकको अभियान वेबसाइटमा गई सदस्यता विवरणहरुको प्रयोग गरी साइन–इन गरी भाग्यशाली ड्रको लागि दर्ता हुनुपर्नेछ ।’ प्रत्येक सदस्यले एक पटक मात्र दर्ता गर्न सक्ने र विजेताहरुको घोषणा अभियानको वेबसाइटमा जेठ २४ गते सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुरस्कार दाबी गर्ने उपायबारे जानकारी ईमेलबाट प्रदान गरिने र असार २१ सम्म दाबी गर्न सकिनेछ । फागुन २३ गतेसम्म भ्रमण गरिसक्नुपर्नेछ ।

प्रकाशित : जेष्ठ १४, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?