यामाहा नेपालले ल्यायो 'रे जेडआर १२५ हाइब्रिड'

कान्तिपुर संवाददाता

काठमाडौँ — यामाहा नेपालले हाइब्रिड स्कुटर 'रे जेडआर १२५' नेपाली बजारमा ल्याएको छ ।  स्मार्ट मोटर जेनेरेटरसहितको यो पहिलो हाइब्रिड स्कुटर रहेको कम्पनीको दाबी छ । यो स्कुटर चार भेरियन्ट स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लसमा उपलब्ध छ । 

‘एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी रे जेडआर हाइब्रिड एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मानकको रूपमा एलइडी हेडल्याम्पले सुसज्जित छ’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘जसले सवारी चालकहरूको लागि अधिकतम भिजिबलिटी र सुविधा सुनिश्चित गर्दछ ।’ यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कटअफ फङ्सन र २१ लिटर अन्डरसिट भण्डारण सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा भएको स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी ऊर्जा बचत गर्दछ ।

यामाहा नेपालका सीईओ राजु क्षेत्रीले यस स्कुटरमा शक्ति, शैली र सुरक्षाको संयोजन रहेकाले ग्राहकको मन जित्ने बताए । रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य २ लाख ७९ हजार ९०० बाट सुरु हुन्छ ।


प्रकाशित : जेष्ठ १४, २०८० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्