सिटिजन्स बैंकले जर्मनको केएफडब्लूबाट ल्यायो ५६ करोड पुनर्कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनस्थित केएफडब्लू डेभलपमेन्ट बैंकबाट ३५ लाख युरो पुनर्कर्जा र ५ लाख यूरो प्राविधिक सहयोग (करिब ५६ करोड रुपैयाँ) ल्याएको छ ।

सिटिजन्स बैंक, राष्ट्र बैंक र केएफडब्लूबीच ग्रामीण भेगमा दीगो आर्थिक विकास (सेड्रा– तेस्रो चरण) अन्तर्गत सहयोग सम्झौता भएको हो । नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअर्न्तगत केएफडब्लूले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्थांलाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले उक्त शीर्षक अन्तर्गत हालसम्म २१ हजार ५ सय २६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । जसमध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा २ अर्ब बराबरको कर्जा प्रदान गरेको बैंकले जनाएको छ । यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पुर्‍याउने बैंकको भनाइ छ ।


प्रकाशित : जेष्ठ १२, २०८० १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसमक्ष सरकारको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।

मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको उद्योगमन्त्रीले रमेश रिजालले जानकारी दिए । संघीय संसद्‌ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाए पनि तत्कालीन राष्ट्रपति भण्डारीले रोकेपछि सो विधेयक अलपत्र थियो । पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनले यो विधेयकबारे कानुनविद्हरूसँग लगातार परामर्श गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×