सामसङ इनोभेसन विद्यार्थीको कोडिङ र प्रोग्रामिक कोर्स सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङको फ्ल्यागसिप सीएसआर प्रोग्राम 'सामसङ इनोभेसन क्याम्पस' (त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पस)ले पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स सम्पन्न गरेको छ ।

यस प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले अब विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्न सक्ने छन् । पहिलो ब्याचमा कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ । सो समारोहमा सामसङ दक्षिण–पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनमा विद्यार्थीलाई सबल बनाउनको लागि त्रिभुवन विश्वविद्यालयसाग दीर्घकालीन साझेदारीको अपेक्षा गरिएको बताए । ‘नेपाली युवालाई भविष्यको लागि आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनमा सबल बनाउनु हाम्रो उद्देश्य हो’ उनले भने ।

सन् २०२२ डिसेम्बरबाट सुरु भएको कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम कार्य थालेको थियो । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने कम्पनीको दाबी छ । कोर्सहरूका लागि छनोट हुनको लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वशर्तहरू रहेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

मनाङसँग चर्च ब्वाइजको बराबरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० को शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले बिहीबार मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी खेलेको छ । च्यासलमा भएको खेल जितेको भए चर्च ब्वाइजले शीर्षमा ५ अंकको अग्रता लिन सक्ने थियो ।

बराबरीले उसको ३८ अंक भयो । लगातार सातौं बराबरी खेलेको मनाङको भने २५ अंक भएको छ ।

बिहीबारको अर्को खेलमा फ्रेन्ड्सले सातदोबाटोमाथि ४–० को जित निकाल्यो । यस जितमा टोरिक जेब्रिनले २ गोल गरे ।

यस्तै रफिक इमानु र प्रकाश बुढाथोकीको नाममा १/१ गोल रह्यो । यो नतिजापछि फ्रेन्ड्सको २४ अंक भएको छ । सातदोबाटो भने २९ अंकमै सीमित रह्यो ।


प्रकाशित : जेष्ठ ११, २०८० १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×