एनआईसी एसिया बैंकमा भिडियो कलमार्फत थप बैंकिङ सेवा

काठमाडौँ — एनआईसी एसिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अनलाइन भिडियो कलमार्फत हुने सेवा विस्तार गरेको छ । अब भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक खाता पुनः संचालनसँगै ग्राहकले बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सक्ने सुविधा ल्याइएको बैंकले जनाएको छ ।

अनलाइन खाता खोल्ने ग्राहकको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप सेवा यो प्रणालीमा जोडेको हो ।
‘घर वा अफिसबाटै बैंकको वेबसाइटमा रहेको एप्लाई नाओमा ट्याब गरी भीकेवाईसीबाट ग्राहकले चाहेको सेवा छनोट गरी बैंकलाई अनुरोध पठाउन सक्छनेछन्’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ‘ग्राहकले दिएको अनुकुल समयमा बैंकले नै सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।’
बैंकले भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) देखाउनुपर्नेछ ।
‘भिडियो कलको सेवा विस्तारसँगै केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई पुनः सुरु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न यो सेवा निकै नै लाभदायी हुनेछ’ बैंकले भनेको छ । बैंकका देशभर ३५९ शाखा कार्यालयहरू तथा ४७३ एटीएम सञ्चालनमा छन् ।
प्रकाशित : जेष्ठ ९, २०८० १८:४७