बजारमा बेलाकोका दुई वासिङ मेसिन

काठमाडौँ — आईकेबीएच ग्रुप प्रालि (यूके) ले नेपाली बजारमा होम अप्लायन्सेस सेगमेन्टअन्तर्गत दुईथरी वासिङ मेसिन ल्याएको छ । ट्विन सेमी अटोमेटिक ७ केजी र अटोमेटिक फ्रन्ट लोडिङ वासिङ मेसिन ८ केजी क्षमताका हुन् ।

यी दुवै वासिङ मेसिनमा वासर टाइमर र स्पिन टाइमर रहेको कम्पनीले जनाएको छ । यसले लुगा धूने समय र स्पिन समयलाई निश्चित गर्छ । बजारमा सेमी अटोमेटिक ७ केजी क्षमताको वासिङ मेसिनको मूल्य २६ हजार २ सय रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।
आठ केजी क्षमताको अटोमेटिक फ्रन्ट लोडिङ वासिङ मेसिन ग्याल्भनाइज्ड प्रविधिबाट बनेको कम्पनीले बताएको छ । यसको भित्री भाग स्टेनलेस स्टिलले बनेको छ ।
ओभर हिटिङ कन्ट्रोल, ओभर फ्लो कन्ट्रोल, फल्ट चेक डिस्प्ले, प्रोग्रेस इन्डिकेटर, चाइल्ड लक, अटो स्टार्ट र एन्टी ट्विस्टिङ यसका विशेषता रहेको कम्पनीले जनाएको छ ।
यो वासिङ मेसिन विद्युत् किफायतीसमेत भएको कम्पनीको दाबी छ । बजारमा यसको मूल्य ७० हजार ९ सय रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
प्रकाशित : जेष्ठ ६, २०८० २०:१३