१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'बेलाको' ब्राण्डका विद्युतीय सामान नेपाली बजारमा

काठमाडौँ — बेलायती ब्राण्ड 'बेलाको' होम एप्लाइन्सेसका विद्युतीय सामग्री नेपाली बजारमा आएका छन् । आईकेबीएच ग्रुपले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको होम अप्लाइन्सेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ । 

'बेलाको' ब्राण्डका विद्युतीय सामान नेपाली बजारमा

‘बेलाको उपभोक्ता र व्यवसायिक दुवै क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बनाउन केन्द्रित हुादै आइरहेको छ’ ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आईकेबीएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले एक कार्यक्रमबीच बेलाकाको ब्राण्डका विद्युतीय सामान र उपकरणको शुभारम्भ गरे ।

बसिदले नेपाली जनताको दैनिकी सहज बनाउनका लागि यी उपकरण सहयोगी हुने बताए । ‘नेपालमा व्यवसाय सुरु गर्दा केही मात्रामा भएपनि रोजगारीको अवसर सिर्जना हुनेछ, अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुर्‍याउने आशा गरेका छौं’ उनले भने । कम्पनीले नयाँ वर्षलाई लक्षित गरी विभिन्न उपहार योजनाहरु पनि ल्याएको जनाएको छ । जसअन्तर्गत बेलाकोको एउटा सामान किन्दा अर्को सित्तैमा पाइने अफर समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर जेठ मसान्तसम्म लागू हुनेछ ।


प्रकाशित : वैशाख ३१, २०८० १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?