छाला हेरचाह सेवा कम्पनी लेटमी इनले महाराजगन्जमा खोल्यो शाखा 

काठमाडौँ — छाला हेरचाह र सौन्दर्य शास्त्र सेवा प्रदायक कम्पनी लेटमी इन (कोरियाली छाला अस्पताल)ले काठमाडौंको महाराजगञ्जमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बिहीबार सो नयाँ शाखाको सांसद प्रदीप पौडेल, अभिनेत्री वर्षा राउत र कोरियाली संघका अध्यक्ष इओम जिन योङले संयूक्त रुपमा उद्घाटन गरे । 

छाला हेरचाह सेवा कम्पनी लेटमी इनले महाराजगन्जमा खोल्यो शाखा 

कार्यक्रममा लेटमी इनका प्रबन्ध निर्देशक मा डोङ सु, अध्यक्ष ली मिन क्युङ र प्रख्यात छाला विशेषज्ञ डा. प्रमेश कोइरालाको उपस्थिति थियो । लेटमी इनका अध्यक्ष ली मिन क्युङले काठमाडौंका जनतालाई उच्च गुणस्तरको सौन्दर्य र छाला हेरचाह सेवा प्रदान गर्न शाखाहरु सञ्चालनमा ल्याइएको बताए । लेटमी इनमा पाइने सेवाबारे वेबसाइटमार्फत जानकारी लिन सकिने अस्पतालले जनाएको छ ।


प्रकाशित : वैशाख १४, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?