बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेसन 

काठमाडौँ — नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेसन रहने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वर्ल्डलिंकले साझेदारी गरेको हो । 

बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेसन 

‘वर्तमान आर्थिक परिदृष्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तरार्ष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेसन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरुले आफ्नो प्रतिवेदन पेश गर्ने छन् । टाइटल स्पोन्सरका लागि आयोजित हस्ताक्षर कार्यक्रममा वर्ल्ड लिंककातर्फबाट सञ्चालक मनोज अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे ।

सञ्चालक अग्रवालले डिजिटल प्रविधिसहितको आर्थिक विकास नै समृद्धिको मुल आधार भएकाले उद्ममशीलता र व्यवसायिक प्रवर्द्धनका लागि बिजनेस समिटमा साझेदारी गरेको बताए । बिजनेस इन्स्टिच्युटका गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको जानकारी गराए ।


प्रकाशित : चैत्र १९, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?