सेल्सबेरीमा सामान किन्दा चैत महिनामा विशेष छुट पाइने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सेल्सबेरी डिपार्टमेन्ट स्टोरले २०७९ सालको अन्तिम महिना चैतका लागि विशेष छुट योजना ल्याएको छ । ‘इन्ड अफ द इयर’ नामक यो अफरमा विभिन्न खाद्यवस्तु तथा घरायसी सामानमा भारी छुट दिइएको सेल्सबेरीले जनाएको छ । साथै कम्पनीले ब्याक टु स्कुल नामक क्याम्पेन पनि चलाइरहेको छ ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘नयाँ साल सँगसँगै विद्यार्थीको नयाँ सत्र सुरुवात हुने भएकाले सेल्सबेरीले ल्याएको ब्याक टु स्कुल नामक क्याम्पेनअन्तर्गत विद्यार्थीको नयाँ सत्रमा आवश्यक कापी, कलम, ल्यापटप, टेवल, कलरबक्स, खेलौना लगायतका सामानमा विशेष अफर चलिरहेको छ ।’ यो अफर काठमाडौंमा रहेका सेल्सबेरीका सबै शाखा तथा पोखराको सेल्वेज शाखामा चैत ३० सम्म लागू हुने भएकाले भरपुर लाभ लिन कम्पनीले आग्रह गरेको छ ।


प्रकाशित : चैत्र १६, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

‘शासकको कब्जामा पुगेको खुलामञ्च’

पाठक पत्र

'खुलामञ्च बन्द छ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :


आफूहरूलाई परेको मर्का देशले सुनोस् र सरकारले सम्बोधन गरोस् भनेर ११ दिन पैदल हिँडेर राजधानी काठमाडौं आउनु र सडकमै रात बिताउनु रहर होइन बाध्यता हो । मानवीय धर्मको नाताले कसैले त बुझिदिनुपर्ने हो ! अपसोच, देशमा मानवअधिकार र मानवता हराइसकेछ !
– रञ्जन पौडेल

सत्तामा लिप्त नेताहरूले कुर्सीभन्दा अरू केही नै देख्दैनन् । आन्दोलनकारीहरूको ज्यान जोखिममा पर्छ अनि आन्दोलन छोडी घर फर्कनुबाहेक विकल्प रहँदैन ।
– भोजबहादुर क्षत्री

सरकारले खुला चौर पनि दिएन, विरोधका लागि ।
– दुर्गानारायण सापकोटा

जनताको शासनमा खुलामञ्च पनि शासकको कब्जामा पुगेको छ ।
– सरोज कोइराला

लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा गरिब जनताको बास खुला सडकमा आइपुग्यो । यही रहेछ नियति !
– कृष्ण श्रेष्ठ

खुलामञ्च हैन बन्दमञ्च हो यो । पीडितहरू झन् पीडित हुनु ठूलो कुरो रहेन अब !
– विनोद सूर्योदय

गाँसबासको व्यवस्थापन गर्न नसक्ने सरकारले के न्याय दिलाउँछ ?
–भूषणकुमार यादव

शान्तिपूर्ण रूपमा भेला भएर आफ्नो माग सुनाउन खुलामञ्च एक सेकेन्ड पनि बन्द गर्न मिल्दैन ।
– रामेश्वर काफ्ले

कति दुःख दिएका होलान् । खुरुक्क बालुवाटारभित्र ससम्मान स्वागत गरेर कुरा अगाडि बढाउनु नि ! ती महिलाहरू कति दिनदेखि हिँडेर काठमाडौं आएका छन्, खानपिनको व्यवस्था गर सरकार, झोले कार्यकर्तालाई मात्र कति पोस्छौ ।
– दुर्गा दर्सु

के हुँदै छ देशमा ? सरकारको ध्यानाकर्षण होस्, गणतन्त्रमा यस्तो त नहुनुपर्ने !
– कुमार नवीन

बालुवाटारले स्वागत गर्नुपर्ने आन्दोलनकारीलाई खुलामञ्च पनि दिइएन । यो कस्तो व्यवस्था ?
– हरि बस्नेत

प्रकाशित : चैत्र १६, २०७९ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×