बन्दीपुर केवलकारको आईपीओ बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौँ — बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता साधारण सेयर निस्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैकिङ निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसारमा आयोजित एक समारोहबीच बैंकिङको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजमको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।