बीपीडब्लू लघुवित्तको सेयर रजिस्टार सेवा मेगा क्यापिटलले दिने

काठमाडौँ — बीपीडब्लू लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिस्टार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

बीपीडब्लू लघुवित्तको सेयर रजिस्टार सेवा मेगा क्यापिटलले दिने

एक कार्यक्रमका बीच बीपीडब्लूका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगाका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु त्रिपुरेश्वरस्थित मेगा क्यापिटल मार्केट्समार्फत हुने कम्पनीले जनाएको छ ।


प्रकाशित : चैत्र १६, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?