२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित 

काठमाडौँ — कृषि विकास बैंकको वार्षिक साधरणसभाबाट १३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार बसेको साधारणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा उपस्थिति सेयरधनीले उठाएको प्रश्नहरुको अध्यक्ष रामशरण पुडासैनीले जवाफ दिएका थिए ।

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित 

सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यान्वयन गर्दै जाने उनले प्रतिवद्धता जनाए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सेयरधनीबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाए ।

साथै कृषि विकास बैंकको संचालक समितिमा सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ जना संचालक सदस्यमा गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल र विनोद कुमार गुरागाईं आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।


प्रकाशित : चैत्र १४, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?