कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हुन्डाईको नयाँ वर्ष योजना : ५ लाखसम्म नगद छुट, बोनस र एक्सचेन्ज सुविधा

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०८० लाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो ग्राहकमुखी योजना चैत १३ देखि सुरु भएको कम्पनीले जनाएको छ ।

हुन्डाईको नयाँ वर्ष योजना : ५ लाखसम्म नगद छुट, बोनस र एक्सचेन्ज सुविधा

‘यस योजना अन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाखसम्म छुट पाउने छन्’ एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ पाइने अफर छ ।’ यो योजनामा ग्राहकले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा र सवारी कर सुविधा पाउने छन् ।

साथै तुरुन्तै मूल्यांकनका साथ एक्सचेन्ज सुविधा रहेको कम्पनीले जनाएको छ । ‘सबै हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्’ कम्पनीले भनेको छ । हुन्डाईले गएको महिना मात्रै भेन्यु र नियोस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यो स्किमबाट कुनै पनि हृयाचब्याक, कम्प्याक्ट एसयूभी तथा विद्युतीय गाडी खरिद गरी ग्राहकले फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर १७ सोरुम तथा १९ सर्भिस सेन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?