भाइबरको नयाँ च्याटबट मार्फत् ट्याक्सीमाण्डु प्रयोगकर्ताले राइड बुक गर्न सक्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — भाइबरको नयाँ च्याटबटमार्फत ट्याक्सीमाण्डु प्रयोगकर्ताले राइड बुक गर्न सक्ने भएका छन् ।  राकुटेन भाइबर र ट्याक्सीमाण्डुबीच राइड बुकिङ  सजिलो बनाउने लक्ष्यसहित  सम्झैता भएको छ ।  जसअन्तर्गत भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाइन 'ट्याक्सी' च्याटबटमार्फत प्रयोगकर्ताले सिधै ट्याक्सी बुक गर्न सक्ने छन् ।

ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) अर्जुन केसीले भाइबरसँग भएको सम्झैताले प्रयोगकर्ताका लागि ट्याक्सी बुकिङ अझ सहज बनेको बताए । नेपाली नयाँ वर्षसँगै सुरक्षित र भरपर्दो ट्याक्सी सेवाहरूमा सबैलाई सजिलो पहुँचको सुनिश्चित गर्न चाहेको उनले बताए । प्रयोगकर्ताले ट्याक्सी सवारीका लागि अब धेरै थरि एप डाउनलोड गर्न आवश्यक नपर्ने उनले बताए । उनका अनुसार प्रयोगकर्ताले छोटो र लामो रुटहरूको लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूको लागि अग्रिम सवारीको समयतालिका पाउनेछन् ।

साथै अप्रिलदेखि सेप्टेम्बरसम्म ट्याक्सीमाण्डू अनलाइन 'ट्याक्सी' बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताका लागि ६० प्रतिशतसम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथी र नातागोतालाई च्याटबटमा पठाउँदा २० प्रतिशत छुट पनि पाउनेछन् । 'यो साझेदारीले यात्रु र चालकहरूको जीवनलाई सजिलो बनाउने ठानेका छाैं' राकुटेन भाइबरका लागि एसिया प्यासिफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने ।


प्रकाशित : चैत्र १२, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश सरकारको समर्थनबारे केन्द्रले दबाब दिँदैन : उपाध्यक्ष पौडेल

तृप्ति शाही

वीरेन्द्रनगर — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा पार्टी केन्द्रले कुनै दबाब नदिने बताएका छन् ।

आइतबार सुर्खेत विमास्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहेको बताए ।

प्रदेशमा रहेका एमालेका मन्त्रीहरुलाई छाड्न कुनै निर्देशन एमालेले नदिने उनको भनाइ थियो । यो नेतृत्व गरेकैहरुको तजविजमा भर पर्ने उनले बताएका थिए । केन्द्रमा समीकरण बदलिँदैमा प्रदेशमा पनि बदलिनुपर्छ भन्ने मनशायमा पार्टी नरहेको उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले देशमा विद्यमान समस्याबारे अहिलेको सत्ता गठबन्धनलाई जानकारी नै नभएको बताएका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×