कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साओमी १३ प्रोको प्रिबुकिङ खुल्यो

काठमाडौँ — स्मार्टफोन साओमी १३ प्रोको प्रि–बुकिङ खुलेको छ । बन्डल अफरको रूपमा साओमी नेपालले यो स्मार्टफोनसँगै ५० वाट वायरलेज चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको छ । बिहीबारदेखि खुलेको प्रि–बुकिङ चैत २० गतेसम्म रहने कम्पनीले जनाएको छ । 

साओमी १३ प्रोको प्रिबुकिङ खुल्यो

लेइका क्यामेरासँगको–इन्जिनियर गरिएको यो स्मार्टफोनले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्ने कम्पनीको दाबी छ । १२० वाट हाइपर चार्ज र ४ हजार ८२० एमएएच पावरको ब्याट्री रहेको यो फोन १९ मिनेटमा पूरा चार्ज हुने कम्पनीको भनाइ छ ।

खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क समेत छुट गरिएको साओमी नेपालले जनाएको छ । कम्पनीका अनुसार नबिल बैंकमार्फत शून्य प्रतिशत ईएमआईमा यो फोन खरिद गर्न सकिनेछ । १२ र २५६ जीबीमा रहेको फोन ५ हजारमा बुक गर्न सकिने छ । यसको मूल्य १ लाख ३० हजार तोकिएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?