कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपाल लाइफले ल्यायो 'सुनौलो भविष्य जीवन बीमा' योजना

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुनौलो भविष्य जीवन बीमा योजना ल्याएको छ । बिहीबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त योजना सार्वजनिक गरे ।  

नेपाल लाइफले ल्यायो 'सुनौलो भविष्य जीवन बीमा' योजना

यसअन्तर्गत एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाइने कम्पनीले जनाएको छ । ‘जसमा बीमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने तथा न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुनेछ’ कम्पनीले भनेको छ ‘यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमाङ्क रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।’

कम्पनीका अनुसार योजनाले न्यून बीमा शुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्ने र अवकाशपछिको आर्थिक आवश्यकतालाई यसले समेट्ने नेपाल लाइफले जनाएको छ । जसमा ग्राहकले विकल्प रोज्न पाउने छन् । ‘विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट दिइने छ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्तिपछि प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशत रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेलसम्म दिइन्छ । साथै बीमित ८० वर्ष पूरा भएपछि बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ ।’

कम्पनीका अनुसार बीमालेख चालु अवस्थामा जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिम बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट दिइनेछ । त्यस्तै विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट दिइनेछ तर भुक्तानी अवधि समाप्ति पछि मृत्यु भएमा बीमाङ्कको ५० प्रतिशत रकम र बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस रकम एकमुष्ट दिइनेछ ।

विकल्प १ र विकल्प २ दुबैमा ऋण तथा समर्पण सुविधा रहेको कम्पनीले जनाएको छ । ‘वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिनेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुस मसान्तसम्म कम्पनीको लगानी १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ५० अर्ब ८५ करोड तथा सेयरधनी कोष ९ अर्ब ५२ करोडभन्दा बढी छ । हालसम्म २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?