होन्डाद्वारा उत्कृष्ट प्राविधिकलाई पुरस्कार प्रदान

काठमाडौँ — होन्डाले आफ्ना डिलर नेटवर्कमा कार्यरत प्राविधिकहरुको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्टलाई पुरस्कार प्रदान गरेको छ । बिक्रीपछिको सर्भिसलाई उत्कृष्ट बनाउने लक्ष्यस्वरुप स्याकर ट्रेडिङ कम्पनीले हरेक वर्ष ‘टेक्निसियन स्किल कन्टेस्ट’ आयोजना गर्दै आएको जनाएको छ ।

‘विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी काठमाडौं, विराटनगर, जनकपुर, पोखरा र भैरहवाबाट छनोट भएका २/२ जना राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘सो प्रतियोगिताबाट पनि उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ ।’
प्रतियोगिताबाट प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र इटानी र तृतीय पुरस्कार नौदेवी मोटर्स विराटनगरका बिनोद शर्माले प्राप्त गरेको स्याकर ट्रेडिङले जनाएको छ । कम्पनीका अनुसार प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशी क्रमशः ३०, २० र १५ हजार रुपैयाँ थियो । साथै अन्य सहभागीहरुले प्रमाण पत्र प्राप्त गरेका थिए ।