टाटाको विद्युतीय गाडी किन्न नबिलले १४.१ प्रतिशत ब्याजमा ऋण दिने

काठमाडौँ — टाटाको फ्लिट सेग्मेन्टअन्तर्गतको विद्युतीय गाडी एक्सप्रेस–टी खरिदका लागि नबिल बैंकले १४.१ प्रतिशत ब्याजमा ऋण दिने भएको छ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र बैंकबीच विद्युतीय गाडीमा सहज रुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झाैताअनुसार गाडी खरिद गर्ने ग्राहकले बैंकबाट मूल्यको ८० प्रतिशतसम्म ऋण पाउने छन् । बाँकी २० प्रतिशत रकम भने तत्कालै भुक्तानी गर्नुपर्नेछ । ७ वर्ष अवधिसम्म रहने ऋण बैंकका जुनसुकै शाखाबाट प्रदान हुनेछ । राष्ट्र बैंकको निर्देशनभित्र रहेर सहज, किफायती कर्जा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।