कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कियाको 'कारेन्स' गाडी नेपाली बजारमा

काठमाडौँ — कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत गाडी सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पारिवारिक कार भनेको छ ।

कियाको 'कारेन्स' गाडी नेपाली बजारमा

‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक सेफ्टी, स्पेस र स्टाइल समेटेर आएको छ ।’ किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो । गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । ‘एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ’ कम्पनीले भनेको छ ।

यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल हिृवल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर जडान छ ।

यो दुई थरी पेट्रोल इन्जिनमा उपलब्ध छ । ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर एउटा इन्जिन र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटरमा उपलब्ध छ । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ । कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार तथा प्रेस्टिज भेरियन्टमा ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?