मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हृवाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकलमा छुट  

कान्तिपुर संवाददाता

काठमाडौँ — मुक्तिनाथ विकास बैंकका ग्राहकले सूर्यविनायकस्थित हृवाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकल स्टोरमा छुट पाउने भएका छन् । बैंकको डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले छुट पाउने छन् । बैंकका अनुसार ग्राहकले रिसोर्टमा फुड, बेभरेज एण्ड अकोभामा विशेष १० प्रतिशत छुट पाउने छन् ।

त्यस्तै मेडिकल स्टोरका विभिन्न सेवाहरुमा पनि १० प्रतिशत छुट पाउने छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले दुबै कम्पनीसँग छुट सम्बन्धी सम्झौता गरिएको जनाएको छ । बैंकका अनुसार एटीएम कार्डबाट देशभरका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा निशुल्क रकम झिक्न पाइने सुविधा छ ।


प्रकाशित : चैत्र ५, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

लिलाधर घिमिरे कलेजमा सभापतिसहित अधिकांश पदमा नेविसंघ विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजको स्ववियु निर्वाचनमा सभापतिसहित अधिकांश पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ ।

उक्त क्याम्पसमा पहिलोपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको हो । स्ववियुको सभापतिमा नेविसंघका अभिषेक कुमार यादव, सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा निराजन मुराउ, सरिता मल्लाह, दिपेन्द्र थारु, आशिष जयसवाल र लक्ष्मी विक निर्वाचित भएको निर्वाचन अधिकृत ईन्द्र प्रसाद तिवारीले जानकारी दिए ।

निर्वाचित ८ जनामध्ये विक अनेरास्ववियुकी हुन् । अन्य सबै नेविसंघका हुन् । त्यस्तै ७ जना समानुपातिकमध्ये ५ जना नेविसंघका र २ जना अनेरास्ववियुका रहेको निर्वाचन अधिकृत तिवारीले जानकारी दिए । २ सय २ जना विद्यार्थी रहेको कलेजमा १ सय ६४ जनाले मतदान गरेका थिए ।

प्रकाशित : चैत्र ५, २०७९ १९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×