एनसेलले ल्यायो डेटा र भ्वाइस सेवाको बण्डल प्याक - बजार - कान्तिपुर समाचार

एनसेलले ल्यायो डेटा र भ्वाइस सेवाको बण्डल प्याक 

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकका लागि डेटा र भ्वाइस सेवाको बन्डल प्याक ल्याएको छ । नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ चैत ३ गते शुक्रबारदेखि संचालनमा आउने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।

‘ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस प्याक अन्तर्गत २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्रदान हुनेछ ।’ प्राप्त डेटा र टक टाइम सिम सुरु भएको २८ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक र ५०० वा सो भन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनस पाउने एनसेलले जनाएको छ । ‘यो प्लान सुरु गर्ने ग्राहकले अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रुपैयाँमा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन्’ कम्पनीले भनेको छ ‘त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा एसएमएस, यूएसएसडी माध्यमबाट लिन सक्नेछन् ।’


प्रकाशित : चैत्र २, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

शिवम् सिमेन्टको मेगा लक्की ड्रबाट दुई जनाले जिते ५/५ तोला सुन

कान्तिपुर संवाददाता

काठमाडौँ — शिवम् सिमेन्टले ल्याएको ‘शिवम्‌सँग उपहार टन्न’ योजनाको मेगा लक्की ड्र गरिएको छ । मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेताले ५/५ तोला सुन उपहार पाएको शिवम् सिमेन्टले जनाएको छ ।

कम्पनीका अनुसार बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरी ले ५/५ तोला सुन जितेका छन् । दोस्रो पुरस्कारस्वरुप ४ जना शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेशले ३/३ तोला सुन जितेको कम्पनीले जनाएको छ । ‘तेस्रो पुरस्कार विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्सन, हेल्थ एण्ड हाईजनिक प्रालि, अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २/२ तोला सुन जित्न सफल भएका छन्’ शिवम् सिमेन्टले विज्ञप्तिमा भनेको छ ‘चौथो पुरस्कार ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।’ यसअघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरुको छनोट भइसकेको कम्पनीले जनाएको छ ।


प्रकाशित : चैत्र २, २०७९ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×