ईसेवाले ल्यायो ‘हङकङको टिकट हातैमा’ अफर


काठमाडौँ — भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ नामक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अफरअन्तर्गत ईसेवाका ग्राहकले आफ्नो ईसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् ।

‘यस अफरमा ईसेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्सफर गर्दा सहभागी हुन पाइनेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ ।’ कम्पनीका अनुसार यो अफर चैत ३० गतेसम्म सञ्चालन हुनेछ । ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाई जहाज, बसको टिकट, स्कुल, कलेज लगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।