कृषि विकास बैंकले ऋणीको साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षण गर्ने- बजार - कान्तिपुर समाचार

कृषि विकास बैंकले ऋणीको साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि विकास बैंकले संभावित ऋणीको व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर मूल्याङ्कन गर्ने विधि 'साइकोमेट्रिक स्कोरिङ सोलुसन' परीक्षण गर्ने भएको छ । यो परीक्षणका लागि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ ।

वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैक्री बनाई सहज, सरल र जोखिममुक्त बनाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि नेपाल राष्ट्र बैंक र आईएफसीबीच सम्झौता भई नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्ष परीक्षण गर्न लागिएको हो । साइकोमेट्रिक स्कोरिङ सोलुसनले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न मद्दत गर्दछ ।


प्रकाशित : चैत्र २, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

यूएईले नेपाललाई दियो विशाल लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले एकदिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पाएको छ । आसिफ खानको कीर्तिमानी शतकमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको हो । खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाएका हुन् ।

आसिफ खान एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो।

यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका हुन् ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ । नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ ।

प्रकाशित : चैत्र २, २०७९ १३:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×