एनएमबी बैंकले १६ क्रिकेट खेलाडीलाई २१ हजारका दरले नगद प्रदान गर्ने- बजार - कान्तिपुर समाचार

एनएमबी बैंकले १६ क्रिकेट खेलाडीलाई २१ हजारका दरले नगद प्रदान गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेवापत सहभागी १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार नगद प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले खेलाडीहरु राष्ट्रका गौरव भएकाले उनीहरूको मनोबल उच्च राख्न राख्न सम्मान स्वरुप नगद प्रदानको घोषणा गरिएको बताए । 

२०१९ देखि सुरु भएको यस विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल बिहीबार यूएईसँग फाइनल म्याचमा भिडेको हो । यो नगद पुरस्कारले आगामी खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास लिइएको केसीले बताए । सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खाता मार्फत हस्तान्तरण गरिने उनको भनाइ छ ।

प्रकाशित : चैत्र २, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा सवारी दुर्घटना, घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको तीनपाटन गाउँपालिका–२ गैरीमा भएको सवारी दुर्घटनाका घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

प्रहरीका अनुसार सिन्धुलीमाडी–चकमके सडक अन्तर्गत आम्बोटबाट सदरमुकामतर्फ आउँदै गरेको जीप र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल बिहीबार एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक सख्त घाइते भएका छन् ।

सख्त घाइते भएका मोटरसाइकल चालक कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिंजालीलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको सिन्धुली प्रहरीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । दुर्घटनापछि फरार रहेका जीपका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २, २०७९ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×