सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट


काठमाडौँ — सोनामले आफ्ना उत्पादन खरिद गर्ने ग्राहकलाई ७० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने गुणस्तरीय सामग्रीमा वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको हो । चैत १७ गतेसम्म यो छुट योजना रहेको कम्पनीले जनाएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीस्थित सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको चोक, चितवनको सीजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा सोनामका सोरुम सञ्चालनमा छन् ।