केन्टका तीन आरओ बजारमा


काठमाडौँ — पानी शुद्धीकरणका लागि केन्टका तीन आरओ नेपाली बजारमा भित्रिएको छ । केन्टको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले केन्ट पर्ल स्टार, क्रिस्टल स्टार र क्रिस्टल प्लस गरी तीन वटा आरओ बजारमा ल्याएको हो ।

पारदर्शी छुट्याउन मिल्ने ट्याङ्की, वाल माउन्टेबल आरओ प्युरिफायर शुद्धता र प्रदर्शनको डिजिटल डिस्प्लेको साथ पर्ल स्टार उपलब्ध रहेको ईओएलले जनाएको छ । यसले आरओ, यूभी, यूएफ, टीडीएस नियन्त्रणको बहुविधि प्रक्रियाबाट शुद्धीकरण गर्ने कम्पनीको भनाइ छ । केन्ट पर्ल स्टारको मूल्य ४९ हजार ९९० रुपैयाँ तोकिएको छ । ‘यस प्रक्रियाले आर्सेनिक, रस्ट, किटनाशक, र फ्लोराइड जस्ता अशुद्धताहरू हटाउँछ । पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सिरिजमा रहेका केन्ट क्रिस्टल स्टारको मूल्य ४८ हजार ९९० रुपैयाँ र क्रिस्टल प्लसको बजार मूल्य ३५ हजार ९९० रुपैयाँ तोकिएको छ ।