ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खातामा थप सुविधा - बजार - कान्तिपुर समाचार

ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खातामा थप सुविधा 

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले नयाँ विशेषता र परिमार्जनका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । महिलाको नाममा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यले यो खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक ब्याज दिइने बैंकले जनाएको छ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । यस खातासँगै बैंकले निक्षपकर्ताको ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा, २ लाख रुपैयाँसम्म गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधि–उपचार बीमा उपलब्ध गराइदिनेछ ।

बैंकका अनुसार योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ । बीचमा रकम चाहिएमा बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।


प्रकाशित : माघ २६, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्

आत्महत्या दुरूत्साहनको आरोपमा झापामा शिक्षक पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास रहेका छन् ।

दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । उनी उक्त विद्यालयका अनुशासन विभाग प्रमुख समेत हुन् ।

मंगलबार अनुशासन उल्लंघन गरेको भन्दै उनले सोनीलाई कुटपिट गरेको खुलेको छ । सोनी सोही साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शिक्षकको कुटपिटकै कारण मानसिक तनावमा रहेकी उनले आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ । सोनीका आफन्त र विद्यार्थीले बुधबार शिक्षक दासको घरमा तोडफोड गरेका थिए ।

आत्महत्या दुरुत्साहन गर्ने शिक्षक दासलाई कारबाहीको माग गर्दै सोनीको परिवारले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएको छ । जाहेरीका आधारमा शिक्षक दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×