भ्यालेन्टाइन डेको अवसरमा टीभीएस स्कुटरमा ६ हजार छुट - बजार - कान्तिपुर समाचार

भ्यालेन्टाइन डेको अवसरमा टीभीएस स्कुटरमा ६ हजार छुट 

कान्तिपुर संवाददाता

काठमाडौँ — टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर ‘लभ एक्सप्रेस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टीभीएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरसट नगद छुट पाउने कम्पनीले जनाएको छ ।

यो योजना माघ २४ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई, एन्टर्क बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार ग्राहकले २५ प्रतिशत डाउनपेमेन्ट गरी, मासिक जम्मा ३ हजार ९९९ रुपैयाँ (प्रतिदिन १३३ रुपैयाँ) किस्ता तिर्नेगरी टीभीएसको स्कुटर खरिद गर्न सक्ने छन् ।


प्रकाशित : माघ २४, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

यामाहाले ल्यायो ‘की टू द गोल्डेन हार्ट’ स्किम 

कान्तिपुर संवाददाता

काठमाडौँ — भ्यालेन्टाइनको अवसरमा यामाहाले ‘की टू द गोल्डेन हार्ट’ नामक स्किम ल्याएको छ । १ लाखसम्मको क्यास ब्याक अफर समेत  कम्पनीले जारी राखेकाे जनाएको छ । यस स्किमअन्तर्गत लक्की ड्रमार्फत हरेक साता एउटा सुनको लकेट र सुनको चाबी उपहार स्वरूप दिइने यामाहाले जनाएको छ ।

‘यो अफर स्कुटरहरुमा १७ फेब्रुअरीसम्म र बाइकहरुमा नयाँ योजना घोषणा नगरेसम्म मात्र लागू हुनेछ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ । कम्पनीका अनुसार खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम तिर्न नसकेको खण्डमा डाउनपेमेन्टको विकल्प रोज्न सक्ने छन् । कुल मूल्यको २० प्रतिशत रकम डाउनपेमेन्ट गरी बाँकी रकम ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरमा भुक्तानी सुविधा रहेको कम्पनीले जनाएको छ । फाइनान्स सुविधा एमएडब्लु इन्भेस्टमेन्टद्वारा सञ्चालन गरिएको यामाहा नेपालका मार्केटिङ प्रमुख एम गुरुङले जानकारी दिए ।


प्रकाशित : माघ २४, २०७९ २०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×