एसियन पेन्ट्सले ल्यायो नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ - बजार - कान्तिपुर समाचार

एसियन पेन्ट्सले ल्यायो नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियन पेन्ट्सले नेपाली बजारमा नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक ल्याएको छ । यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘यो उत्पादनले वाटरप्रुफिङ तथा नुनियाविरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिनेछ ।’ यसलाई प्लास्टर गरिएका घरका भित्तामा सजिलै प्रयोग गर्न सकिने एसियन पेन्ट्सले जनाएको छ । कम्पनीका अनुसार बजारमा हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथमा आउँछ ।


प्रकाशित : माघ २४, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७ प्रतिशतको वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफामा  २३७ प्रतिशत वृद्धि भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्म कम्पनीले १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ, जीवन बीमा कोष १ खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ र महाविपत्ति कोष ८३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।


प्रकाशित : माघ २४, २०७९ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×