सामसङ ग्यालेक्सी एस-२३ सिरिजका फोनमा प्रि-बुकिङ खुल्यो    - बजार - कान्तिपुर समाचार

सामसङ ग्यालेक्सी एस-२३ सिरिजका फोनमा प्रि-बुकिङ खुल्यो    

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले ग्यालेक्सी एस-२३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को नेपालमा प्रिबुकिङ खोलेको छ ।सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने ‘ग्यालेक्सी एस २३ आफ्नो हातमा पार्न इच्छुकले आजैदेखि प्रिअर्डर गर्न सक्नेछन् । साथै प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नेछन् ।’

मनपर्ने ग्यालेक्सी एस २३ सिरिजको फोन आधिकारिक प्रिअर्डर वेबसाइटबाट वा नजिकको सामसङ स्टोरबाट प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ‘प्रिअर्डर अफर फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछ’ सामसङले भनेको छ ।

एस २३ अल्ट्राको मूल्य १२ र ५१२ जीबीमा २ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ र २५६ जीबीमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ । एस २३ प्लसको (८ र २५६ जीबी) १ लाख ५१ हजार ९९९ रुपैयाँ र एस २३ (८ र २५६ जीबी)को मूल्य १ लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन किस्ताबन्दीमा पनि किन्न सकिने सामसङ नेपालले जनाएको छ । मासिक ६ हजार ४ सय रुपैयाँबाट सुरु हुने किस्ताबन्दीमा शून्य प्रतिशत ब्याज रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा पनि रहेको छ ।

प्रकाशित : माघ १९, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार अभियुक्त लामिछाने पनि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणको टोलीमा समावेश गरेको छ ।

नामिविया र स्कटल्यान्डमा हुने खेलका लागि क्यानले लामिछानेसहित २० क्रिकेटरलाई बन्द प्रशिक्षण टोलीमा समावेश गरेको हो ।

पुस २८ गते उच्च अदालतले अभियुक्त लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । क्यानले लामिछानेमाथिको कारबाही फुकुवा गरेको दुई दिनपछि नै बन्द प्रशिक्षण सूचीमा राखेको हो ।

जवकि क्रिकेटर लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ । उक्त निवेदनमाथिको सुनुवाइ भने शुक्रबारका लागि तोकिएको छ ।


प्रकाशित : माघ १९, २०७९ १९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×